यो वर्षको ‘पद्माश्री साहित्य पुरस्कार’ नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’लाई प्रदान गरिने भएको छ।
त्यस्तै ‘पद्माश्री साधना सम्मान’ तारानाथ शर्मा प्रदान गरिने भएको छ।
सोमबार खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यारलाई पद्माश्री पुरस्कार र शर्मालाई सम्मान गरिने जनाएको हो।
संस्करणात्मक कृति ‘यार’ पाण्डेको बाल्यकालदेखिका २५ थान संस्मरणको संगालो हो। नजिकका मित्रसँग जोडिएका स–साना घटनामा केन्द्रीत रहेर यो संस्मरण लेखिएको हो। यसमा उनले लेखक राजेन्द्र पराजुली, नारायण ढकाल, पुरुषोत्तम सुवेदी लगायतकाे सम्झना समेटेका छन्।
लेखक पाण्डेका उलार, लु, घामकिरी, निदाए जगदम्बा, चक्लेट र सल्लिपीर लगायत कृति प्रकाशित छन्। पद्माश्री सम्मान पाउने शर्मा भने विगत ६ दशकदेखि नेपाली साहित्यको निजयात्रा, निबन्ध, समालोचना, आख्यान अनुवाद, सम्पादन र झर्राैवादी भाषिक आन्दोलनका अभियन्ता हुन्।
दुवै पुरस्कारको राशि दुई लाख रहेको छ। पुरस्कार आगामी कोजाग्रत पूर्णिमाको दिन प्रधान गरिने प्रतिष्ठानले जनाएको छ।