अभिनेता तथा गायक यश कुमारको निर्देशकिय डेब्यू ‘छिरिङ’ को ट्रेलर रिलिज भएको छ ।
आइतवार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मले बहुपतिप्रथाको कथा भन्छ । नव-नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश र निमा रुम्बाले रोमान्स गरेका छन् ।
फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।
दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्म खिचिएको हो ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र यम थापाले मिलेर लेखेका हुन् ।
‘छिरिङ्ग' मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।