लेखक तथा पत्रकार कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमको बीच उपन्यास सार्वजनिक भएको हो।
साहित्यकार कृष्ण धारावासी, कवि ज्योति जंगल र गायक हेमन्त शर्माले सामूहिक रूपमा उपन्यास सार्वजनिक गरेका हुन्।
उपन्यास सार्वजनिक गर्दै कवि ज्योति जंगलले यो उपन्यासले अहिलेको पुस्ताको प्रेमसम्बन्धी धारणा छर्लंग पारेको बताइन्। गायक हेमन्त शर्माले यो उपन्यास समय सापेक्षिक र युवा केन्द्रीत भएको धारण राखे।
साहित्यकार कृष्ण धारावासीले ‘अप्रिल फुल’ उपन्यासलाई किशोर साहित्यको संज्ञा दिएका छन्। यो पुस्तक १३ वर्ष देखि १८ वर्षसम्मको युवाको सोचाइ र भावना समेटिएको उनले बताए।
लेखक आचार्यले ‘अप्रिल फुल’ उपन्यास यो समयको सत्यतालाई फिक्सनमा रुपान्तरण गरेको बताए।
‘ यो उपन्यास लेख्न मलाई ४ वर्ष लाग्यो। यसमा भएको जिना पात्र डान्स बारमा काम गर्ने भएकोले म त्यो पात्र अध्ययनको लागि बारम्बार डान्सबार गए’, उनले भने।