‘बाँध मायाले’को दोस्रो गीत सार्वजनिक भएको छ । सिनेमाको 'आउने जाने..' बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, ज्योती राई, सिपी पौडेल लगायतका कलाकारलाई नाचिरहेको देख्न सकिन्छ ।
सिनेमा असोज ५ गते रिलिज हुनेछ।
सबिर श्रेष्ठले निर्देशित यस ‘आउने जाने…….’ गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ। गीतमा लोकराज अधिकारीले लेखेको यस गीतमा सुरेश लामा, दुर्गा खरेलको साथमा संगीतकार पोखरेलको समेत स्वर छ ।
एक्सन लभ स्टोरी सिनेमा ‘बाँध मायाले’मा आर्यनको अपोजिटमा पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रस्तुत भएकी छिन् । साथमा राजाराम पौडेल किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंगको अभिनय छ ।
बाबु श्रेष्ठको छायाँकन रहेको सिनेमामा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।