रेखा थापा अभिनित, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को दोस्रो गीत सोमबार सार्वजनिक भएको छ।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर...’ बोलको गीतमा आस्था राउतले स्वर दिएकी छन् ।
भिडियोमा फिल्मका लिड कलाकार रेखा र कमला वलीको यात्रा देखाइएको छ।
हरेक फिल्ममा नारी सशक्तिकरणको आवाज उठाउने रेखाले यसपटक 'मालिका' मा बाल विवाहको कथालाई टिपेकी छन् । सार्वजनिक गीतले पनि मूल कथालाई प्रस्ट्याएको छ ।
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ।
शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।
नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन्।
यसअघिनै मालिकाको पहिलो गीत ‘हल्का माया के माया...’ सार्वजनिक भइसकेको छ।
'हिम्मतवाली' पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'रुद्रप्रिया' पछि पर्दामा देखिन लागेकी हुन्।