प्रियंका कार्की तथा प्रमोद अग्रहरीको अन्तरंग दृश्यका कारण चर्चा एवं विवादित बनेको ‘कथा काठमाण्डु’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘
'जुन अनि तारा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार प्रमोद अग्रहरी, प्रियंका कार्की, संजोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, पेक्षा अधिकारीलाई फिचर्ड गरिएको छ ।
दिपेश सुब्बाको संगीत रहेको गीतमा इशान सुब्बाको शब्द तथा सुगम पोखरेल स्वर छ । संगीता श्रेष्ठको डेब्यू निर्देशन फिल्म असोज १२ मा रिलिज हुनेछ।
संगीताले नै यो सिनेमाको कथा लेखेकी हुन् । विजय राईको निर्माणमा तयार भएको यो सिनेमामा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ले तीन भिन्नभिन्न कथालाई सिनेमा पेस गर्नेछ ।
अष्ट महर्जनको द्वन्द्व रहेको सिनेमाका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । फिल्मले यसअघि 'रातको कुरा' बोलको गीत सार्वजनिक गरेको थियो।