भारतीय कलाकार पुनम पाण्डेले काठमाडौंमा गर्ने भनिएको कार्यक्रम नहुने भएको छ।
दरबारमार्गस्थित क्लब डेजबुमा कार्यक्रम तय गरिएको थियो। महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दानबहादुर मल्लले कार्यक्रम गर्ने स्वीकृति नभएकाले स्थगित गरिएको सेतोपाटीलाई जानकारी दिए।
डिएसपी मल्लले भने, 'स्वीकृति नलिएकाले हामी कार्यक्रम गर्न दिँदैनौं। प्रशासनबाट कुनै जानकारी आएको छैन।’
विश्वकप फुटबलको फाइनल हेर्ने कार्यक्रममा क्लबले पाण्डेलाई अतिथिका रूपमा नेपाल बोलाएको थियो। आज पौने नौ बजे फ्रान्स र क्रोएसियाबीच हुने विश्वकप फाइनल खेल रसियामा हुँदैछ।
यसअघि गत मंसिरमा अन्तर्राष्ट्रिय डिजे 'मार्समेलो' आउने भनेर क्वल सञ्चालक विवादमा आएका थिए।