सर्वाधिक श्रृखंलाको कीर्तिमान बनाएको 'नाईं नभन्नू ल'को पाँचौ श्रृखंलाको ट्रेलर सार्वजनिक भएको छ। मंगलबार एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
फिल्ममा स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्मा मुख्य भूमिकामा छन्।विकासराज आचार्य फिल्मका निर्देशक हुन्। फिल्म भदौ ८ मा रिलिज हुनेछ।
अभिनेता अभिषेकले फिल्मबाट नेपाली रजतपटमा डेब्यू हुँर्दैछन्।
निर्देशक विकाश आचार्यले आफ्नो फिल्मले पारिवारिक फिल्मको खडेरीलाई सम्बोधन गर्ने बताएका छन्। उनले पाँचौं श्रृखंलाबाट निक्कै ने आशावादी रहेको बताए।
फिल्ममा उनीहरूका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी आदिको अभिनय रहेको छ ।
बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मलाई सामिप्यराज तिमिल्सिना तथा विकासराज आचार्यले संयूक्त रूपमा लेखेका हुन् ।