विवेक ओझाको उपन्यास ‘ऐलानी’ माथि चितवन साहित्य परिषद्ले शनिबार परिचर्चा गरेको छ।
उपन्यासमाथि द्वारिका नेपाल, लक्ष्मी बराल र बाबु त्रिपाठिले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा बाेल्दै नेपालले ऐलानी समाजको एक यथार्थ दस्तावेज भएकाे जिकिर गरे। यस्तै लक्ष्मी बरालले एेलानी पढिरहँदा आफू समेत कथाकै परिवेशमा पुगेको र भावुक भएको कुरा बताइन्।
उपन्यासमाथि बाेल्दै लेखक बाबु त्रिपाठीले पुस्तकले उठाएको प्रश्नको व्याख्या र व्यंग निकै गहिरो रहेको साथै यसमा एक अब्बल पुस्तकमा हुने स्वाद रहेको बताए।
वादी सुमुदायमाथि केन्द्रीत भएर लेखिएको उपन्यास ‘एेलानी’ सांग्रीला बुक्सले बजारमा ल्याएको हो।