बाग्लुङमा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित 'पश्चिम प्याराडाईज फोटो प्रदर्शनी’ले बाग्लुङ महोत्सवको रौनक थप बढाएको छ।
धवलागिरी अञ्चल आसपासका क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाको प्रचारप्रसार र प्रवर्द्धन गर्न राखिएको फोटो प्रदर्शनीमा फोटो अवलोकन गर्नेको संख्या बढ्दै जान थालेको हो।
बाग्लुङलाई केन्द्र बनाएर पश्चिम क्षेत्रको संस्कृति, जीवनशैली र सिङ्गो समाजलाई उजागर गर्न फोटो प्रदर्शनी महत्वपूर्ण रहेको प्रदर्शनी आयोजक समितिका सदस्य रहेका फाेटाेग्राफर आर.के. अदिप्त गिरीले बताए। गिरीका अनुसार महोत्सवमा राखिएको प्रदर्शनीलाई एनआरएन अध्यक्ष भवन भट्ट, ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकाल, जनप्रतिनिधी, विद्यार्थी एवं सर्वसाधारणले अवलोकन गरिसकेका छन्।
[caption id="attachment_121523" align="alignright" width="363"]
प्रदर्शनी अवलाेकन गर्दै एनअारएन अध्यक्ष भवन भट्ट।[/caption]
बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ ,रुकुम, डोल्पा, गुल्मी, लुम्बिनी लगायतका क्षेत्रको महत्त्व झल्क्याइएको प्रदर्शनीलाई दैनिक २ सय देखि ३ सयले अवलोकन गर्ने गरेको आयोजक समितिका संयोजक अर्जुन चोखालले बताए। त्यस्तै राष्ट्रिय फोटो पत्रकार समूह बाग्लुङ शाखाका अध्यक्ष मञ्जुल शाक्यका अनुसार आधुनिक प्रविधिसँगै पछिल्लो पुस्ताको रोजाइमा फोटो प्रदर्शनी लाेकप्रिय बन्दै गइरहेकाे छ।
प्रदर्शनीमा सात जना फोटो पत्रकारकाे फोटोहरू राखिएको छ। जसमा आर.के अदिप्त गिरी, मञ्जुल शाक्य, किरण आचार्य, प्रकाश बराल, राम थापा, नरेश कडेँल र खिमबहादुर क्षेत्रीको फोटो रहेको छ।