अनमोल केसी स्टार 'कृ'को पहिलो गीत रिलिज भएको छ। फिल्मको 'यति यति पानी गंगे रानी' बोलको गीत सार्वजनिक भएको हो। रिलिज भएको 'क्लब संग'बाट अनमोलले आफू नृत्यमा पनि सुधारिँदै गएको देखाएका छन्।
माघ २६ मा रिलिज हुने फिल्ममा अनमोल केसीले चर्चित मोडल आदिती बुढाथोकीसँग जोडी बाँधेका छन्। सार्वजनिक गीतमा आर जे रानाको साथमा अल्मोडा उप्रेतीको स्वर रहेको छ भने गीतका लेखक एवम संगीतकार आर जे हुन्।
रेनेशा राईको कोरियोग्राफी रेहको गीतलाई पुरूषोत्तम प्रधानले खिचेका हुन्।
[embed]https://www.youtube.com/watch?time_continue=9&v=VI-SLkla-ts[/embed]