कवि हेमप्रभास तथा गजलकार सुशीला पौडेलको रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। चलचित्र तथा संगीतको क्षेत्रमा काम गर्दै आएको संस्था छायाँछवि क्रियसनले आइतबार गरेको काव्य शृंखलाको दोस्रो अंकमा उनीहरूले आफ्नो रचना वाचन गरेका हुन्।
गजलकार पौडेलले आफ्ना ६ वटा गजल सुनाइन् भने कवि हेमले ४ वटा कविता सुनाए। यसपछि पौडेलले आफना ६ गजल दर्शकसामु पस्किइन् भने हेमप्रभासले ५ कविता सुनाए। उनले दर्शक–श्रोताको विशेष अनुरोधमा आफ्नो अन्तिम कविता सुनाएका थिए।
कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, चलचित्रकर्मी मोहन निरौला लगायतका साहित्यिक व्यक्तित्वको उपस्थिति रहेको छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन्।