नजिकिँदो तीजको अवसरमा यसवर्ष पनि सुनीती कार्कीले नयाँ एल्बम बजारमा ल्याएकी छन्। ‘तीजमा लाउँछु भनेर....’ बोलको गीतको म्युजिक भिडियोसमेत तयार भएको छ। संगीतकार सुबास भुसालको संगीत भरेको गीतको शब्द अशोक गुरूङको हो। पवित्रा आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा गयिका सुनीती कार्की र मोडेलहरु अनुशा गुरुङ र कमल खकुरेलले अभिनय गरेका छन्।
भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् भने डिनेश राई बान्तवाले छायांकन गरेका हुन्।
https://www.youtube.com/embed/Fs6Ug2JjbWg