नेपाली साहित्यमा लाेकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकी गम्भीर बिरामी परेका छन्। उच्च रक्तचाप र मधुमेहकाे समस्याबाट पीडित ब्राजाकीलाई शनिबार एक्कासी ब्रेन स्ट्राेक भएपछि अस्पताल भर्ना गरिएकाे हाे।
उनलाई पाटन अस्पतालकाे अाइसीयूमा भर्ना गरेर उपचार गरिएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ। केही वर्ष अघि पनि कथाकार ब्राजाकीलाई मष्तिस्कघात भएकाे थियाे।
नेपाली साहित्यमा लामाे समयसम्म कथा लेखनमा सक्रिय ब्राजाकीकाे सातवटा कथासंग्रह र गजलसंग्रहहरू प्रकाशित छन्। स्वास्थ्य समस्याका बाबाजुद पनि उनी लेखनमा लागिरहेका थिए। चिकित्सकका अनुसार उनकाे स्थिति केही सुधारोन्मुख रहेकाे छ।