अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्ष्यमा एम्नेस्टी इन्टरनेशनल नेपालले राष्ट्रिय कविता वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ।
एम्नेस्टी इन्टरनेशनल नेपालका राष्ट्रिय युवा प्रतिनिधि विपिन बुढाथोकीका अनुसार कविता उत्सवमा नेपालका ख्यातिप्राप्त कविहरूका साथ एम्नेस्टीका सदस्य कविहरूले मानवताको पक्षमा कविता वाचन गर्नेछन्। उनका अनुसार यस कार्यक्रमलाई आवधिक रुपमा आयोजना गरिने तथा मानवताको पक्ष लेखिएका काव्यहरूलाई पुस्तकको रुपमा संग्रहित पनि गरिने छ।
करिब तीन दर्जन कविहरूका कविताले शान्ति, न्याय र मानवअधिकार प्रत्याभूतिको पक्षमा आवाज बुलन्द गर्ने संस्थाका निर्देशक निराजन थपलियाले सेतोपाटीलाई बताए। उनका अनुसार संस्थाले यस कविता वाचन कार्यक्रमलाई अभियानकै रुपमा समेत अगाडि बढाउने तयारी गरिरहेको छ।
कार्यक्रम विश्व मानवअधिकार दिवस (डिसेम्बर १०) को पूर्वसन्ध्यामा अघिल्लो दिन अायाेजना हुँदैछ।