सरकारले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको विषयमा परेको मुद्धामा सर्वोच्च अदालतमा बिहिबार पनि अन्तिम बहस हुन सकेन। मुद्धा न्यायाधीशद्वय तेजबहादुर केसी र ईश्वरप्रसाद खतिवडाको इजलासमा राखिएको थियो।
चन्द पक्षका वकिल सुशील पन्तले चन्दलाई महानिरीक्षकका रुपमा काम गर्न गराउन नदिनु भन्ने सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिँदा पनि न्यायाधीश केसी रहेको र अन्तिम सुनुवाइ उनले गर्न नमिल्ने बताएपछि बहस हुन नसकेको हो।
यद्यपी अर्का डिआइजी नवराज सिलवालका वकिल टीकाराम भट्टराईले अन्तिरम आदेश निरन्तरता दिने इजलासमा केसी बसेका भए पनि उनले अन्तिम सुनुवाई गर्न सक्ने बताएका छन्।
बहस नभएपछि सर्वोच्च प्रशासन आजै आइजिपी नियुक्तिबारे आजै फैसला नहुने बताएको छ। ‘आज कुनै न कुनै आदेश हुन्छ, फैसला हुँदैन’, स्रोतले भन्यो।