पाँचथरको सदरमुकाम फिदिममा रुखले किचेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ दोखु घर भइ फिदिम १ मा बस्दै आएका ४२ वर्षीय लुङ्गा भनिने हेम कुमार पालुङवा रहेका छन्।
फिदिम नगरपालिका १ बस्ने आइतराज केरुङले सोहि ठाँउ बस्ने बन्धना मोक्तानको घरमा रहेको काभ्रोको रुख काट्ने क्रममा उक्त रुख लडेर पालुङवालाई किचेर घाईते भएका थिए।
घाईते पालुङवाको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। रुख धनी मोक्तान र रुख ढाल्ने पाँचथरको मेमेङ–२ का ५० वर्षीय आइतराज केरुङलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
केरुङले ढालेको रुखको हाँगाले पालुङवालाई लागेको प्रहरीले जनाएको छ। हाँगाले लाग्दा गम्भीर घाइते उनको जिल्ला अस्पताल फिदिममा पु¥याए लगत्तै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विज्ञान वस्नेतका अनुसार मृत्यु भएका पालुङवाले रुखको हाँगा काट्न र केरुङले रुख काट्ने ठेक्का लिएका थिए।