संसद बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ। नेपाली कांग्रेस नेता एवम् पूर्वसांसद मणिराम पोखरेलको शोक मनाउँदै बैठक स्थगित भएको हो। खोटाङका पोखरेल २०१५ सालका सांसद हुन्।
यता विपक्ष एमालेसहितका नौं दलले भने संविधान प्रतिकुल हुने गरी आएको संशोधन प्रस्ताव फिर्ता नभई संसद बैठक चल्ने नदिने अडान लिँदै आएको छ।
संसद बैठकले २०१५ सालमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पोखरेलप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १८ गते काठमाडौंमा निधन भएको थियो।
नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा तथा साहित्यकार मणिराम पोखरेलको निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ, संसद सचिबालयद्धारा आईताबार पारित शोक प्रस्तावमा उल्लेख गरिएको छ ।