अवैध कल वाइपास गरेको अभियोगमा सिराहका राकेश गिरी चौथो पटक पक्राउ परेका छन्। ललितपुरको कार्यविनायक ३ मा बस्दै आएका उनलाई चौथो पटक नेपाल प्रहरीको सिआइबीले पक्राउ गरेको हो। उनी यसभन्दा अघि ३ पटक पक्राउ परेर जेल सजाय काटिसकेका व्यक्ति हुन् ।
जेलबाट छुट्ने वित्तिकै उनी त्यही पेशामा लागेको प्रहरीले जनाएको छ। हामीले गिरीमाथि निगरानी गरिरहेका थियौं, सिआइबीका डिआइजी नवराज सिलवालले भने, उनी फेरि अवैध कल भिओआइपीमा लागेपछि पक्राउ गरेका हौं। उनी सूरुमा २०६३ साल साउनमा ठेचोबाट फत्राउ परेका थिए।
अवैध कल वाइपास गरेको अभियोगमा उनी २४ दिन कैद भुक्तान र ५ लाख धरौटीमा रिहा भएका थिए। त्यसपछि २०६८ साल असार ३ गते काठमाडौंको जैसिदेवलबाट उनी भिओआइपी अभियोगमा नै फत्राउ परे । त्यसबेला उनी १ वर्ष कैद भुक्तान गरी छुटे ।
फेरि २०७१ साल असार ७ गते ललितपुरबाट उनी परेका थिए। १ वर्ष ६ महिना जेल बसेपछि उनी छुटेका थिए। जेलबाट जुटेलगत्तै फेरि उनी अवैध कल बाइपासमा लागेको डिआइजी सिलवालले बताए। उनका छोरा गिरिश गिरी पनि २ पटक बाबुसँगै जेल परिसकेका छन। पछिल्लो समय उनीहरुले कास्कीमा गएर कल बाइपास गर्ने गरेका थिए। कल बाइपासमा कैद सजाय कम रहेको र धेरै मुनाफा हुदाँ उनीहरु फेरि त्यही काममा फर्किएको सिलवालले बताए।
अबैध कल बाइपासमा ब्यूरोको हालसम्मको प्रगति विवरण
अवैध कल बाइपास विरुद्ध ब्यूरोबाट हालसम्म ९४ स्थानहरुमा भएको कारवाहीमा नेपाली ११० र विदेशी ३१ गरी १४१ जनालाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। अहिलेसम्म
प्रतिवादीहरु विरुद्ध ११,६८,३८,१८,८७४ रुपैयाँ को बिगो मागदाबी लिई सम्मानित अदालतमा मुद्दा दायर गरिएको छ ।
अबैध कल बाइपासका असरहरु
विदेशबाट आएको कलको गुणस्तरमा ह्रास आउने, कुरा गर्दै गर्दा आफै र्लाइन काटिने
विदेशबाट आएको कलमा नेपालको लोकल नंबर नै कलर आइडिमा देखिने
राज्यलाई प्राप्त हुने राजश्वमा नोक्सान पुग्ने, अनुमति प्राप्त दुरसंचार सेवा प्रदायकहरुको आयमा ठूलो नोक्सानी हुने
कल बाइपास भएर आएको नंबर ट्रेस गर्न कठिन हुने भएकाले अपराध अनुसन्धान गर्न कठिन हुने
कसरी शंका हुन्छ आफ्नो घरछिमेकमा कल बाइपास संचालन भएको
कम्प्युटरका उपकरणहरु जस्तै देखिने माथि तस्वीरमा देखिएको जस्तो उपकरणहरु कोठामा जडान हुने
कोठा भाडामा लिएर कोठा तथा झ्याल ढोका प्राय बन्द अवस्थामा रहने, मानिसको आवतजावत अत्यन्त न्यून रहने
बढी क्षमताको व्याट्री र युपीएस प्रयोग गर्ने र बिजुलीको बिल अस्वभाविक रुपमा अधिक हुने भएमा
अबैध कल बाइपास गर्दा हुने सजाय
दुरसंचार ऐन २०५३ को दफा ४७ अनुसार बिगो असुल गरी बिगो बमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको ।