नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले लोकमानलाई नियुक्ती गर्ने नेताहरुले संसदमा उनलाई नियुक्ती गर्न पर्नाको कारण दिनुपर्ने माग राखे।
संसदमा बोल्दै उनले भने, ‘लोकमानको नियुक्ती गर्ने तीन नेतामध्ये झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकमानलाई किन नियुक्ति गरियो जवाफ दिनपर्छ।’ अख्तियार राज्यको अर्को अंग बन्न लागेको भन्दै उनले भने, ‘हामीले श्री ५ लाई फाल्यौँ तर अख्तियार प्रमुख श्री ६ बन्नुभयो।’
नेपाली कांग्रेस बिना प्रस्ताव पारित नहुने भएपनि कांग्रेसलाई थाहा नदिइकन छापामार शैलीमा प्रस्ताव पाएको उनले बताए। नेपाली कांग्रेस महाअभियोग प्रस्ताव पारित गर्ने पक्षमा उभिने भन्दै नेपाली कांग्रेस खुट्टा कमाएर होइन दृढ भएर भ्रष्टचारको बिरुद्धमा उभिने बताए।