प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको गोवा पुगेका छन्। प्रधानमन्त्री दाहाललाई गोवा बिमानस्थलमा भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरले स्वागत गरे।
गोवाको औपचारिक कार्यक्रममा प्रधानमन्त्री दाहालले बिशेष सम्बोधन गर्नेछन्। साथै शनिबार साँझ ७ बजे नै जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री दाहाल बीच भेट वार्ता हुने भएको छ । दिल्लीबाट नेपालका प्रधानमन्त्री दाहाल र भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बेलाई संगै राखेर एयर इन्डियाको जहाजमा गोवा पुर्याईएको थियो ।
शनिबार नै प्रधानमन्त्री दाहालले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोव जुमा संग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।