नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबाट नेपाली राष्ट्रियतामाथि कलङ्कको टीका लगाएको आरोप लगाएका छन्।
नेकपा एमाले प्रदेश नम्बर ४ को वृहत कार्यकर्ता भेला तथा बैठकको पोखरामा उद्घाटन गर्दै उनले भारत भ्रमणका क्रममा गरिएका २५ बुँदे सम्झौता राष्ट्र हित विपरीत भएको जिकिर गरे।
ओलीले राणा प्रधानमन्त्री मोहनशमशेरले समेत नगरेका राष्ट्रिय स्वाभिमानका विरुद्ध काम प्रचण्डले गरेको ठोकुवा गरे।
उनले प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमै संविधान विरोधी कुरा समावेश गरिएको भन्दै प्रचण्डले त्यस्तो हर्कतमा ल्याप्चे लगाएकोमा असन्तुष्टि पोखे।
‘प्रचण्डले के-के बोक्नु भएन ? हत्या, हिंसा, आतङ्कलाई प्रश्रय दिएर विदेशी हतियार बोक्नुभयो’, ओलीले भने, ‘नेपाल र नेपाली जनताले यस्ता कुरालाई बोक्न सक्दैनन्, २५ बुँदालाई पनि हामी अस्वीकार गर्छौ।’
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले भारतले जे भन्यो त्यही मान्छु भनेर प्रधानमन्त्री प्रचण्ड फर्किएको बताए। उनले संविधान संशोनसमेत भारतकै ईशाराअनुसार गर्ने प्रधानमन्त्रीले बचन दिएको आरोप लगाए।
उनले २५ बुँदे संयुक्त बक्तब्यमा उल्लेखित कुराले नेपाल राष्ट्रको शिर झुकेको बताएका हुन्। एमाले प्रदेश नम्बर ४ को भेलालाई आइतवार पोखरामा उद्घाटन गर्दै अोलीले भने, ‘नेपालको शिर झुक्यो, दाहालले भारत भ्रमणमा जे–जे गर्नुभयो त्यो एउटा पनि राम्रो काम गर्नुभएन । मुलुकको हितको पक्षमा छैन् ।’
उनले प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धीबिहीन भएको दाबी गरे । शुक्रबार राति प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले २५ बुँदे संयुक्त बक्तव्य जारी गरेको थियो । एमालेले उक्त बिज्ञप्तिको विरोध गर्ने बताउँदै दाहाल भारतसँग झुकेर घुँडा टेकेर फर्केको अोलीको अारोप छ।