पर्साको पटेर्वासुगौली–४ निवासी भोपु महरा चमारका ४ वर्षीय छोरा दीपक महरा चमारको करेन्ट लागेर मृत्यु भएको छ।
घरमा रहेको बिजुलीको नाङ्गो तारसँग खेल्ने क्रममा करेन्ट लागेर दीपकको बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्चार्ज प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए।
उनको शव शवपरीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको उनले बताए। रासस