सोलिडारिटी फर डा केसी अलायन्सको आयोजनामा भोलि भाद्र ४ गते शनिबार बिहान ११ बजे नागरिकहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिने भएका छन्।
अलायन्सले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार सामाजिक अभियन्ता डा. गोविन्द केसीक मागहरमा प्रबद्धता जनाउँदै नागरिकहरुले धर्ना दिने निर्णय गरेका हुनl
डा. केसीसगै भोलिको धर्नामा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक कपिल श्रेष्ठ, आर्टिस्ट किरण मानन्धर, युवा लेखक बुद्धि सागर, प्राध्यापक चैतन्य मिश्र,प्रत्यूष वन्त लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उक्त कार्यक्रममा सहभागिता हुने अलायन्सले जनाएको छl
देशमा कानुनी शासन तथा जवाफदेहिताको लागि समग्र युवा पुस्तालाई सकृय सहभागिताको लागि अलायन्सले हार्दिक अपिल गरेको छl