नेकपा माओवादी केन्द्रले केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक भदौ ११ गते गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रको कार्यालयको शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक भदौ ११ गते भृकुटीमण्डपमा गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति १५ सय ९९ सदस्यीय भएका कारण भृकुटीमण्डपको प्रदर्शनी कक्षमा बैठक गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।
महाधिवेशन आयोजक समितिले महाधिवेशनको नयाँ मिति तय गर्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । उनीहरुले पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा पुस २३ गतेदेख तय गरिएको मितिमा महाधिवेशन गर्न सम्भव नभएकाले महाधिवेशन आयोजक समितिको बैठकमा नयाँ मितिको प्रस्ताव लगिने बताए।