लागू औषध नियन्त्रण ब्युरोले ४ किलोभन्दा भन्दा बढी कोकिनसहित २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। बोलिभियन र थाइ नागिरकलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
विदेश तस्कर गर्न लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
यस विषयमा थप जानकारी दिन ब्युरोले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।
यस अघि गत चैत २५ गते ब्युरोले स्याम्पुको बोतलमा राखिएको अवस्थामा २ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो । दक्षिण अफ्रिकाकी एम पाथुनी र भारतकी मिर्सी २ किलो ७ सय ग्राम कोकिसहित पक्राउ परेका थिए।