७ जनाको ज्यान जाने गरी भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले मंगलबार चार सदस्यीय छानविन समिति गठन गरेको छ।
तत्कालिन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा गठित छानविन समितिमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य छन्। छानविन समितिलाई काम सुरु गरेको तीन महिना भित्र प्रतिवेदन पेश गर्न भनिएको छ।
हिजो सोमबार गोरखाबाट ५ दिनको बिरामी शिशु लिएर काठमाडौं फर्कने क्रममा फिस्टेल एयरको कलसाइन ९९एन-एकेए भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको थियो।