नेपाली पौडीबाज शिरीष गुरुङ मंगलबार आफ्नो स्पर्धामा पहिलोपल्ट उत्रिँदैछन्। उनको खेल राति ९ बजेर ५० मिनेटमा हुँदैछ। शिरीष सय मिटर फ्रि-स्टाइलमा भिड्न लागेका हुन्।
शिरीष लेन नम्बर २ मा भिड्दैछन्। जसमा उनले ७ जना प्रतिस्पर्धीसँग भिड्नु पर्नेछ। यो स्पर्धामा शिरीषको नाममा राष्ट्रिय कीर्तिमान छ। उनले ५८ दशमलव २२ सेकेन्डमा यो दुरी पूरा गरेका थिए। तर, ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका अन्य खेलाडीभन्दा उनको समय खराब हो। सबैभन्दा राम्रो समय श्रीलंकाका म्याथ्यु डुन्कान अभयसिङ्गेको छ।
उनले ५० दशमलव ९३ सेकेन्डमा यो दुरी पूरा गरेका छन्। शिरीषले मंगलबारको स्पर्धामा आफ्नो लक्ष्य नयाँ राष्ट्रिय कीर्तिमान बनाउने रहेको बताएका छन्।