प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको अवसर पारेर आइतबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइएको हो । घरको मूलढोकामाथि नागको तस्विर टाँस्दा नाग, सर्प र विच्छी लगायतका जीवले दुःख नदिने र घरमा लक्ष्मीले वास गर्ने जनविश्वास छ।
नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए पानीको अभाव हुने भएकाले नागलाई खुसी पार्न श्रावण शुक्ल पञ्चमीको दिन पारेर नागको पूजा गर्ने चलन छ । नागको पूजा गर्न नागपञ्चमीको अवसरमा काठमाडौको नागपोखरी र टौदहमा श्रद्धालुहरुको भीड लागेको छ ।
किंवदन्ती अनुसार किसानले आफ्ना तीन बच्चा मारेकामा रिसले चुर नागिनीलाई किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई बचाउनका लागि पूजाआजा र प्रार्थना गरेर दुध खान दिएको र प्रसन्न भएर नागिनीले किसानको परिवारलाई जीवनदान दिएको दिनको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाउने गरिएको हो।
भिडियो हेर्नुहोस्