ललितपुरमा आइतबारदेखि जथाभावी पार्किङ गर्न नपाइने भएको छ।
जाम र दुर्घटना बढेको भन्दै जावलाखेलबाट लगनखेलसम्म चार पाङ्ग्रे गाडीलाई पार्किङ निषेध गरिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए।
जथाभावी पार्किङ गरेका चारपाङग्रे गाडीलाई सवारी ऐन अनुसार ५ सय देखि एक हजार रुपैयाँसम्म जरिवाना तिराइने उनले बताए।
अधिकांश सवारी धनीले बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म सडकमै सवारी पार्किङ गर्ने गरेको पाएपछि आइतबारदेखि लागूहुने गरी चारपाङ्ग्रे गाडीलाई पार्किङ निषेध गर्न लागिएको उनको भनाई छ।
यसरी पार्किङ निषेध बनाउँदा सडक जाम कम हुने उनको विश्वास छ।