प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन र रिबन काट्ने कार्यक्रममा बढी हिँडियो भने जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने हुन् कि भनेर आफू डराइरहेको बताएका छन्।
गोरखा–काठमाडौँ सम्पर्क मञ्च, पाँचौँ एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कुरा कम गरौँ, काम केही गरौं भन्नेमा छु, अपवादबाहेक उद्घाटन र रिबन काट्नेजस्ता कामभन्दा राष्ट्र र जनताको अपेक्षा पूरा गर्नेमा केन्द्रित हुन सकूँ भन्नेमा छु, यसमा तपाईंहरुको सहयोग चाहिएको छ।’
हेन्नुहोस् कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ