ब्राजिलमा जारी ३१ औँ गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण (र्याङकिङ राउन्ड)मा ६०७ स्कोर गरेका छन्।
रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा ६४ खेलाडी सहभागीमध्ये मोक्तान ६० औंँ स्थानमा रहन सफल भएका हुन्। उनले सुरुका ३६ प्रहारबाट २९९ स्कोर गरेका थिए। त्यस्तै दोस्रो हाफमा उनले ३०८ स्कोर जोड्न सफल भए।
थाइल्यान्डको बैंककमा नोभम्बर २०१५ मा भएको एसियाली च्याम्पियनसिपमा उनले ६४२ बनाएका थिए, जुन उनको हालसम्मकै राम्रो प्रदर्शन हो। अब मोक्तानले मङ्गलबार हुने नकआउट चरणमा भारतीय अतनु दासको सामना गर्नेछन्।
यसैबीच, रियो ओलम्पिकमा राष्ट्रिय झन्डा फहराएकी जुडोकी फुपूल्हामु खत्रीले आफ्नो पहिलो खेल क्युबाकी मारिसेट इस्पिनोसासँग खेल्ने तय भएको छ। यी दुईबीचको खेल मङ्गलबार साँझ हुनेछ । खत्रीले करिब छ महिनाअघि भारतमा भएको भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी थिइन्। रासस