प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। दुई शीर्ष नेताबीच पछिल्लो राजनैतिक घटनाक्रम, मन्त्रिमण्डल विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
भेटमा मन्त्रिमण्डलको विस्तार आगामी हप्ताभित्र गरि सक्ने र जनतालाई राहत दिने केही कार्यक्रम सार्वजनिक गर्ने बारेमा पनि छलफल भएको बताइएको छ । हात मिलाउदै बाहिरिएका दुबै नेताले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया भने दिएनन्।