नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीका उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने भएको छ।
नेपकिपा अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बुधबार बसेको पार्टीको बैठकले दाहालको नेतृत्वमा सरकार हुँदा २०६५ सालमा कोशीको बाढीपछि विराटनगरमा स्थापना गरिएको भारतीय कार्यालय हटाउन पहल नगरेको लगायतका कारणले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी सचिव सुनिल प्रजापतिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।