म्याद नाघेको चामल बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३५ तीनकुने सुबिधानगरस्थित महानगर सुपरमार्केटबाट म्याद नाघेको कोहिनुर ब्राण्ड बासमती चामल बिक्री विरण गरिरहेको अवस्थामा एक केजीका १२ बट्टा चामलसहित सञ्चालकलाई पक्राउ गरिएकोहो।
काठमाडौं कोटेश्वर बस्ने खोटाङ बुईपा–८ का ४४ वर्षीय लालबहादुर घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीको लागि खाद्य तथा गुण नियन्त्रण विभाग पठाइएको छ।