नेपाल प्रहरीको दुई महत्वपूर्ण शाखा सिआईबी र लागू औषध नियन्त्रण ब्युरोमा आइजीपी उपेन्द्रकान्त अर्यालले आज छड्के जाँच गरेका छन्। बिहान सिआईबीमा छड्के हानेका आइजीपी अर्यालले दिउँसो तिनकुनेस्थित लागू औषध नियन्त्रण ब्युरो गएका थिए।
सिआईवीमा बिफ्रिङ गर्दै आईजीपी अर्यालले सिआईवीले अपराध अनुसन्धानमा निभाएको भूमिकाको प्रशंसा गरेका थिए। 'सिआईबीले जुन इमेज बनाएको छ, त्यसलाई अहिलेको नेतृत्वले अझ माथि लैजानुपर्छ' उनले भने।
समाजमा भइरहेका हिडेन क्राइमलाई सिआईबीले नियाल्नुपर्ने उनको सुझाव थियो । लागू औषध नियन्त्रण पुगेर पनि आइजीपी अर्यालले ब्युरो पछिल्लो समय लागू औषधका अन्र्तराष्ट्रिय गिरोहका सदस्य पक्राउ गरेकोमा खुसी व्यक्त गरेका थिए।