प्रशान्त महासागरको माइक्रोनेसियामा टापुमा पक्राउ परेका १६ नेपाली मध्ये ५ जनालाई मलेसियास्थित नेपाली दूतावासले मंगलबार स्वदेश पठाएको छ।
दूतावासका अनुसार ती नेपालीलाई मानव तस्करले अष्ट्रेलिया र अमेरिका पठाइदिन्छु भनेर लगेका थिए। उनीहरुलाई मलेसियाबाट इण्डोनेसिया पुर्याएर डुंगामा माइक्रोनेसिया लगेका थिए।
माइक्रोनेसियाका अधिकारीले उनीहरुलाई कागजात नभएको अवस्थामा पक्राउ गरेका थिए। प्रक्राउ परेपछि दूतावासले उनीहरुको उद्धार गर्न पहल गरेको थियो।
स्वदेश फर्कनेमा चितवनका कमल तामाङ, कमलबहादुर घलाङ र वाकसिंङ घलान, गुल्मीका वसन कुमार थापा र काभ्रेका पृथ्वी तामाङ छन्।