केटी साथीको विषयमा ग्याङ फाइट हुदाँ एक जना युवकले अकालमा नै ज्यान गुमाएका छन्।एक युवतीको नयाँ र पूरानो ब्याइफेन्डबीच झडप हुदाँ हालको ब्याइफेन्ड सुशान्त श्रेष्ठको मृत्यु भएको सोह्रखुटट्टे प्रहरीका डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए। केटीको पुरानो ब्याइफेन्ड सौरभ श्रेष्ठ र सुशान्तको समूहबीच साउन ९ गते क्षेत्रपाटीमा फाइट परेको थियो।
घाइते सुशान्तको काठमाडौं अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको डिएसपी राठौंरले बताए। आफ्नी गर्लफेन्ड पूरानो ब्याइफेन्ड सौरभसँग देखेपछि सुशान्त र सौरभबीच झगडा भएको थियो । त्यसपछि अर्को दिन २ जनाले साथीहरु बोलाएर ग्याङ फाइट गरेका थिए।
११ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुभास थापा,सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, किष्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहरा, किस्मत हमाल र सरद अर्याल पक्राउ परेका हुन् । अन्य ८ जना फरार भएको डिएसपी राठौंरले बताए।
उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा चलाइएको छ। घटना सम्लग्नहरु सबै १८ वर्ष मुनिका छन् ।