आफ्नो पार्टीलाई कुनै पनि हालतमा सरकामा जान नदिने एकमात्र एजेण्डा बोकेर मधेसी मोर्चा अघि बढेको आरोप मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले लगाएका छन्।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको सातौ बार्षिकोत्सवको अवसरमा पार्टी कार्यालय तीनकुनेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष गच्छदारले भने,‘मोर्चाका नेताहरू हाम्रो पार्टीलाई सरकामा लगे कुनै पनि हालतमा कांग्रेस-माओवादीलाई साथ दिँदैनौ भन्दै धम्कि दिइरहेका छन्।’
आफ्नो पार्टीको भूमिकालाई मोर्चाले कुनै पनि हालतमा अवमूल्यन गर्न नसक्ने दाबी उनले गरे।
सम्बोधनमा संयुक्त मधेसी मोर्चा प्रति निकै आक्रमक बनेका अध्यक्ष गच्छदारले तराईमा दुई प्रदेश नबनाउने हो भने गठबन्धनलाई साथ दिन सक्दैनौं भनेर मोर्चाले भन्न नसकेको आरोप लगाए।
‘पाँच-छ महिनासम्म तपाईँहरूले नाकाबन्दी गर्नुभयो, तराई तहस नहस भयो, हाम्रो देश तहसनहस भयो, करिब ६५ जनाको ज्यान गयो त्यसको मूल्य के हो त्यो कसले चुकाउने?’, उनले प्रश्न गरे।
भिडियो