यातायात व्यवसायीहरुका बन्दका कारण आईतबार सुदूरपश्चिमा पनि कुनै सार्वजनिक सवारी सधानहरु नचल्दा यात्रुहरु मर्कामा परेका छन्।
गाडी संचालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चिबाट संचालित विभिन्न ९ ओटा सार्वजनिक यातायात व्यवसायीहरुको बन्दका कारण आईतबार कुनैपनि सवारी साधनहरु संचालनमा आएनन्।
शुक्रबार गाडी संचालनको विषयमा भएको विवादलाई लिएर प्रहरी प्रशासनले मिलाउनुको साटो प्रहरी हस्तक्षेप गरि मजदुरहरुमाथि लाठि चार्ज गरेको आरोप लगाउदै अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले बताए।
पुराना र थोत्रा गाडिहरु भित्र्याएर यात्रुहरुलाई गुमराह राख्न खोजेको आरोप लगाउदै संयोजक जोशीले प्रालीमा दर्ता भए बमोजिम सबै प्रकृया पुगेको भए हामी आफै उहाँहरुलाई फुलमालाले स्वागत गर्ने बताए।
उता बडि मालिका यातायात प्रालीले भने आफुहरुले सम्पुर्ण प्रकृया पुरा गरेर मात्रै आफ्ना सवारीहरु सडकमा चलाएको बताउँदै अरु यातायाता व्यवसायीहरुले हाम्रो विरोध गर्नुको कुनै अर्थ नरहेको बडि मालिका यातायात प्रालीका महासचिव दिल बहादुर खलैलाले बताए।
यहि विषयलाई लिएर अहिले साँझ जिल्ला प्रशासन कार्यालय कैलालीमा बैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।