आगामी बहुमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरक्षित बहुमतका लागि दौडधुप थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा प्रचण्ड सक्रिय बनेको खबर आजको राजधानीमा छापिएको छ।
उनले औपचारिकताका लागि शनिबार एमाले अध्यक्ष केपी ओलीदेखि सत्ता साझेदार कांग्रेस सभापति शेरबाहादुर देउवा र मधेसी मोर्चाका नेताहरुसँग भेटवार्ता गरेका थिए।
सहमतीय सरकारकै लागि ओली सरकारविरुद्ध अविश्वसको प्रस्ताव ल्याएको दाबी गर्दै आएका दाहालले राष्ट्रपतिले दिएको समय गुज्रन लाग्दासम्म कुनै छलफल गरेका थिएनन् ।