गाउँ पर्यटन प्रर्वद्धन मञ्च(भिटोफ नेपाल)को आइतबार हुने नयाँ कार्यसमिति चयनबारे सबै तयारी पुरा भएको छ। २०औँ साधारण सभाबाट चयन हुने नयाँ पदाधिकारीका लागि आज मदतान हुँदैछ।
भिटोफका महासचिव राजकुमार थापाका अनुसार आइतबार ८ बजेदेखि कार्यक्रम हुनेछ।
साउन १६ गते क्षेत्रपाटी पार्टी प्यालेसमा हुन लागेको कार्यक्रमको पहिलो चरणमा गाउँ पर्यटन (भिटोफ) दिवस मनाइने थापाले जानकारी दिए।
साथै गाउँ पर्यटनलाई बढवा दिने उदेश्यले तयार परिएको वृत चित्र प्रर्दशन गर्दै पश्चिम नेपालका राना थारूको संस्कृतिक झाकी प्रस्तुत गरिने थापाले बताए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको प्रमुख आथित्यतामा सम्पन्न हुने कार्यक्रमको दोस्रो चरणमा पर्यटनको विकासमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताए। त्यस्तै कार्यक्रममा सर्वसहमतिबाट निर्वाचित नयाँ कार्यसमिति सार्वजनीक गर्ने समेत कार्यक्रम रहेको उनले जानकारी दिए।