अवैध सम्बन्धवाट जन्मेको शिशुको हत्या गरी गाडेको आरोपमा प्रहरीले दुई जनालाई फक्राउ गरी अनुसन्धान थालेको छ।
जंकोट–७ दमाकुरकी ३० वर्षिया दलसरी डाँगी र जंकोट–३ तल्लो जंकोटका ३९ वर्षिय सुकविर पुनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए।
दलसरीकी सासु झुलमती डाँगीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएपी कार्कीले बताए।
गत असार २९ गते अवैध बच्चा जन्मे लगत्तै उनीहरु मिलेर बच्चाको हत्या गरी फालेको उजुरीको आधारमा प्रहरीले खोजतलास गर्दा घर नजिकै नुनथला भन्ने स्थानमा गाडेको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। दलसरीलाई गत साउन ९ गते र सुकविरलाई साउन १२ गते घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरु विरुद्ध जिल्ला अदालत रोल्पामा ज्यानसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।