रुपन्देहीमा पोखरीमा डुबेर एकै गाउँका तीनजना बालकको मृत्यु भएको छ।
स्थानीय नालामा पौडी खेल्न भन्दै गएका लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाईँका १० वर्षीय विक्की सिंह, अतिश बानियाँ र श्यामलाल कहारको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
गाउँमा रहेको कल्भर्ट छेउमा खनिएको ५० फिटभन्दा गहिरो पोखरीमा डुबेका बालकहरुको स्थानीयले उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्कीले बताए।
कल्भर्ट निर्माण गर्दा बनेको खाडलमा वर्षाको कारण पानी भरिएपछि पोखरी बनेको थियो।