चार सय किलोभन्दा बढी लागु पदार्थसहित एकजना पक्राउ परेका छन्।
काठमाडाैंको कमलपोखरीस्थित आर्य फर्मा ल्याब प्रालिमा कार्यरत कमलपोखरी बस्ने भारत रामगढवा रक्सौलका ३५ वर्षीय दिलीप पण्डितलाई ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पण्डितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनले ललितपुर उपमहानगरपालिका–६ पाटन औद्योगिक क्षेत्रस्थित सङ्घाइ प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाम कोठामा एकै किसिमका ९५२ डिब्बामा लुकाइराखेको ४७१ किलो ८८ ग्राम नियन्त्रित मनोद्दीपक समेत प्रहरीले बरामद गरेको छ। रासस