कांग्रेस–माओवादी गठबन्धनको सरकारमा फोरम लोकतान्त्रिकलाई रोक्न संघीय समाजवादी फोरम सक्रिय छ। नयाँ पत्रिका दैनिका समाचार छ।
१३ साउनको संघीय गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको वैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई सरकारमा जानबाट रोक्नुपर्ने प्रस्ताव राखेका थिए।
सो प्रस्तावमा सामान्य छलफल भए पनि निष्कर्षमा नपुगिएको बैठकमा सहभागी एक नेताले बताए। फोरम लोकतान्त्रिक सरकारमा सहभागिताको विषयमा सकरात्मक छ। अध्यक्ष विजय गच्छदारको नेतृत्वमा नभई नेता जितेन्द्र देवको नेतृत्वमा सरकारमा सहभागी हुनेबारे छलफल चलिरहेको छ।