बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीको खेलको नक्कल गर्ने धेरै खेलाडी छन्, अन्तर्राष्ट्रिय फुटबलमा। तर, पछिल्लो समय उनको कपालको पनि नक्कल हुन थालेको छ।
स्पेनिस लिगको नयाँ सत्रभन्दा अगाडि छुट्टी बिताइरहेका मेसीले यसै साता आफ्नो कपाल रङ्ग्याएका थिए। उनको खैरो कपालबाट प्रभावित इङ्लिस क्लब आर्सनलका मिडफिल्डर आरोन राम्से र म्यानचेष्टर युनाइटेडका डिफेन्डर फिल जोन्सले पनि रङ्ग्याएका हुन्।
प्रेमीका आन्टोनेला रोक्युजोले दुई दिनअघि मेसीको ड्राइ गरेको कपाल इन्स्टाग्राममा पोस्ट गरेपछि उनको परिवर्तन भएको शैलीले पछ्याउने होड लागेको हो।
फुटबलमा कपाल खैराउने शैलीको सुरुवात गर्ने स्टार खेलाडीमा समिर नासरी अगाडि पर्छन् । उनले गत वर्ष कपाल खैरो पारेपछि निकै चर्चा बटुलेका थिए।