व्यवस्थापिका संसदको शुक्रबारको बैठक शुरु भएको छ।
यसअघि संसदको बैठकमा विभिन्न माग राख्दै संसद बैठक बहिष्कार गर्दै आएका मधेसी मोर्चाले आजको बैठकमा शान्त भएर बसेका छन्।
विगत केहीदिन देखि अवरुद्ध संसदको बैठक सभामुख ओनसरी घर्तिमगरले शुरु गर्दै राष्ट्रपति कार्यालयबाट संसदले पारित गरेका सार्वजनिक खरिद ऐन, नेपाल खुला विश्वविद्यालय ऐन, विनियोजन ऐन प्रमाणिकरण गरेको पत्र पढेर सुनाएकी थिइन्।
त्यसपछि सभामुखले माओवादीका तर्फबाट मन्त्रीहरुले दिएको राजीनामा पश्चात खाली भएका मन्त्रालयहरूको कार्यभार हेरफेर गरेको प्रधानमन्त्री कार्यालयको पत्र पढेर सुनाइन्।
त्यसपछि पछि कार्यक्रम तीनको सूची हटाउदै ४ नम्बरको बुँदा अनुसार लेखा समितिको प्रतिवेदन समितिका सभापति जनार्दन शर्मालाई सदनमा पेश गर्न सयम दिइन। यसअघि ३ नम्बर कार्यक्रममा संसदीय विशेष सुनुवाइ समितिमा मधेसी दलको तर्फबाट मनोनित हुन बाँकी एक सदस्यको नाम पढेर सुनाउने कार्यक्रम रहेको थियो।