कोपा अमेरिका फुटबलको उपाधि जितेको चिलीका स्टार स्ट्राइकर एलेक्स सान्चेजले ‘गोल्डेन बल’ जितेका छन्।
कोपा अमेरिका फुटबलमा उत्कष्ट प्रदर्शन गरेका सान्चेजले ‘प्लेयर अफ दी टुनामेन्ट’ घोषित हुँदै गोल्डेन बल हात परेका हुन्।
लगातार दोस्रो पटक अर्जेन्टिनालाई पराजित गर्दै चिलीले उपाधि उचाल्दा सान्चेजले उत्कृष्ट प्रदर्शन गरे।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका चिलीकै एडवार्डो भार्गासले ‘गोल्डेन बुट’ जितेका छन्।
यस्तै चिलीलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका गोल रक्षक क्लाउडियो ब्राभोले ‘गोल्डेन ग्लोब’ जित्नुका साथै फाइनलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित भए।
पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै उपविजेतामा सीमित भएको अर्जेन्टिनाले ‘फेयर प्ले’ अवार्ड जित्यो।