अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको साह वालीकोट जिल्लामा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा २० भन्दा बढी तालिवान आतङ्ककारी मारिएका छन्।
कारबाहीका क्रममा अन्य ६ जना आतङ्ककारी पक्राउ परेको प्रान्तीय प्रहरी प्रवक्ता जिया दुरानीले पुष्टि गरेका छन्।
जाङ्गतान क्षेत्रमा बुधबार विहान सवेरैबाट सुरु भएको यस कारबाहीमा २० तालिवान आतङ्ककारी मारिनुको साथै अन्य ६ जना पक्राउ परेका दुरानीले बताएका छन्।
तालिवान आतङ्ककारी समूहले गत अप्रिलदेखि भीषण आक्रमण गर्ने घोषणागर्दै आएका तालिवानहरु विरुद्ध प्रहरीले जारी राखेको कारबाहीमा पनि सफलता प्राप्त भइरहेको बताइएको छ।
कान्दाहार प्रान्तमा सक्रिय रहेका तालिवानहरुले प्रहरीको यस कारबाहीको भने कुनै टिप्पणी गरेका छैनन्। रासस ÷एपी